संस्कृत भाषा

 संस्कृत भाषा


संस्कृत दक्षिण एशियाको एक शास्त्रीय भाषा हो। येलाई देववाणी अथवा सुरभारती पनि भनिन्छ। यो संसारको सबभन्दा पुरानो भाषा हो ।  संस्कृत हिन्दु – यूरोपिय भाषा(परिवारको हिन्द(ईरानी शाखाको हिन्द(आर्य उपशाखामा समाविष्ट छ । येले आदिम(हिन्द(यूरोपीय भाषासित अधिक मेल खान्छ। आधुनिक दक्षीण एशियाली भाषाहरू जस्तै नेपाली भाषा, उर्दू, कश्मीरी भाषा, उडिया, बांग्ला, मराठी, सिन्धी, पंजाबी, आदि यसैबाट उत्पन्न भएका हुन् । यी सबै भाषाहरूमा यूरोपीय बंजारहरूको रोमानी भाषा पनि समाविष्ट छ । हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् ।