पिनाश मन्त्र

पिनास फुक्ने मन्त्र
अनीरुद्र पाँडे भनी नाम भएका थिए कोही पाटनय नगरमा बसेका 

अनीरुद्रजीका जसै गाउँनेरै बसेका रहेछन त्यहाँ सर्प धेरै 

अनैकौ सर्पका त्यहाँ सर्पका फुल थिए अनीरुद्रजीका बस्तुले कुल्चिदिए 

विलाप् गर्न लागे सबै सर्प जाति उठ्‌यो रिस तिनको अनीरुद्रमाथि 

दिउ बिस गोरस पिइ मर्छ खाई भनि सर्पले मत गरेछन रिसाई 

गए सर्पहरु पुगे गोठछ जहाँ बिषै छोडिदिए दहि ठेकिमाहाँ 

सवै प्राणी गोरस पीइ मर्न लागे दही चिउरा लिई अनीरुद्र भागे
पुगे वाणगंगा अति दुःख पाइ तयार हुन लागे नुहाउनलाई 

त्यहाँ क्यामुनाका रुखैका खुटीमा दही ठेकि भुन्डयाई गए ति नदीमा 

अनीरुद्रजीका पछि साप गएछन् विषै छोडनलाई दहीमा पसेछन् 

जाहाँन मारि आयौं दहीका विषैले अनीरुद्र पाँडे पनि मर्छ अहिले 

भनीमत गरेछन सिराई सबैले दहि चोर्न लाग्दा त चन्डाल जसुले 

सुनि सब नछोइ अनीरुद्र जाहाँ सरासर वहाँ गैई सुनाएछन त्यहाँ 

जसुले भनेको कुरा मानि आए दहि ठेकि आगो फुकि खुप तताए 

भने सापहरुले अनीरुद्र छेउ कसुर माफ राखि शरण आज लेउ 

अनीरुद्र भन्छन म बाचा बधाई यिनै साक्षि राखि म छोड्छु तँलाई 

यसै गर्न लागिस भने फेरी मेरो उछितो जगाई दिनेछु म तेरो 

खबरदारि साक्षि पिनासका कथाको जसु वाणगंगा अनीरुद्र आगो 

रुखै क्यामुनाको छ साक्षि गुहाई पिनासको ज्वरो समेत भयो दुहाई 

तीनै फेर चुड्की बजाएर गन्नू दोहोलो दोहोलो दोहोलो त भन्नू